मध्यपश्चिम अखण्ड वा भेरी कर्णाली छुट्टै प्रदेशको बुलन्द नारा सहित संम्पुर्ण आम् नागरिकको मन छोएर मध्यपश्चिम उठिरहेछ उस्का लागि स्वनाम धन्य छन जसले ४ ब्याक्ति शाहदात प्राप्त गरे । इतिहासको कालखण्डलाई हेर्ने हो भने पृथ्बिनारायण शाहको एकिकरण पुर्व २२ र २४से राज्यहरु थिए । यस्मा यस भित्र बाइसे राज्य भित्र खस राज्यको राज्य थियो । तुर्किस्थान र हुनानबाट साम्राज्य आर्जन गर्ने क्रममा भारतीय भुमिमा प्रबेश गर्दे नेपाल पसेका आर्यहरुनै खस क्षत्री थिए ।भारतबाट धपाइएका राजपुतको उपस्थिति क्षेत्रिहरुको रणनीति ब्राहमणहरुको जीबन निति र अन्य जातिको विविध बृत्तिका आडमा यहाँका खस राजाले गृष्मकालिन दरबार सिजां र सरदकालिन दरबार दैलेखको दुल्लूमा राखेर राज्य सञ्चालन बर्ण , धर्म (कर्तब्य र अधिकार )बर्णाश्रम धर्मा ( जिबन पद्धति) आश्रम (उमेर अनुसारको आचरण)मा आधारीत सासन चलाएर उसमा कर्णालीका उच्च हिमाली क्षैत्रमा पाइने बहुमूल्य जडिबुटी सिलाजित लगाएत हातबाट बुनिएका राडि पाखी , स्वीटर गलैचा जस्ता
सामाग्री व्यावसाय पैदल मुलमार्ग यिनै माहाभारत श्रृखला हुदै चुरे अनि भावर तराइ सम्मको गन्तब्य विन्दु हो । श्रमको खोजि जडिबुटी व्याबसाय विनिमयको लागि भारतीय भुमिको निकास मार्ग पनि यिनै हुन ।
आदि काल देखिको यि समाज तराइको चामल हिमाली समुदाय सम्म र हिमाली राडी पाखी तराइका समुदाय सम्मको लेनदेको आफनै मजाको अर्थ निर्वाह मूखि जीवनसैलिको घनिष्टता हुन्थ्यो । जुम्लि इष्ट ,औलेल जस्ता शब्द त्यसताकाका ब्यक्ति समिपत्यताको कठु यर्थाथहुन भने जिम्मुले झानेको दालको मजा अर्के हो ।
घोडा , भेंडा च्याग्रां र चौरी सामाग्री ढुवानीको लागि साधन थिए । यिनै ब्याबसाय फरकफरक स्थानमा फरक२ हुन्थे । घोडाका लागि मध्य जिल्ला सदरमुकामका कार्यलयका लागि र हुने खाने बर्गका लागि अपरिहार्य थियो । यो ब्यावसाय सुर्खेत दाङ जस्ता भित्रि मधेशमा र राम्रै ब्यावसाय हुन्थ्यो । भने भेडा नेपालगजं देखि नुन चामल बिभिन्न पहाडी जिल्लामा पु¥याउने अन्तमा पुनःचामल लिई आफै गृह जिल्ला पुरयाएर बर्षको लागि रासन जोहो गर्न पद्धति थियो । दशै तिहार जस्तो पर्वमा भेडाका वादे ( खसी ) र च्याग्रां बिक्रीका लागि तलझार्ने र यि छालेको सानो मेला जस्तै हुन्थ्यो । यसरी सामुदायिक भावनात्मक परिबेश थियो । तराइ बाँके , बर्दिया देखी सुर्खेत, देखि दैलेख हुदै उच्च हिमाली क्षेत्र जुम्ला, हुम्ला र मुगु बासी सम्मको स्निग्घता जुम्ला देखि आउने ओखरस्याउ र सिमिका लागि स्कुले नानी बुढापाकाहरुको रुचिको बस्तु थिए भने बर्ष भरिका लागि चाहिने नाना ( कपडा) रासन ( चामल) भाडो बर्तन को जोहो गर्न स परिवार कुम्ला कुटिरा सहीत जुम्ला देखि नेपालगञ्ज सम्मको बिस बाइस दिनको यात्रा तय गर्दर्थे । यिनै आतिथ्यमा नेपालगञ्ज मा केहि दिन रहनको लागि दैलेखि बगिया ( बगैचा) सल्यानी बगिया र धर्मशाला लामा लामा टहरा हुन्थे जस्मा लगिया पाहाडी सामाग्री घिउ तथा अन्य सामाग्री खरिद गर्ने बाँकेका साहु त्यही मोलमोलाई आई कन्टरका कन्टर घिउ लगि ठुला२कराइमा खारेर निकासी हुन्थ्यो । अधिकांस घिउ सुर्खेत दैलेख यिनै मध्य पाहाडी क्षेत्रबाट जान्थ्यो ।
राजा महेन्द्र निरकुशं शासक थिए । बि.पीको प्रजातान्त्रिक सरकार अपदस्त गरि ९ वर्ष जेल हाले। तर राष्ट्र निर्माणमा अब्वल ठहरिए बर्तमानको देश जल्दै गर्दा यिनैले २०१८ सालमा १४ अचंल ७५ जिल्ला बनाए । पूर्ब पश्चिम राजमार्ग रेखाङ्खन गरि प्रारम्भ २०२८ भएको थियो । अझ भन्नुपर्दा २०३० सालमा उदा।वादी राजा बिरेन्द्र जस्ले ४, बिकास क्षेत्र बनाए । पछि २०३८ मा मा १ थपि ५ बिकास क्षेत्र बनाए । जो कसैलाई बिझेन उत्तर,दक्षिण, तराई पाहाड र हिमाल साझा संस्कृती र शाझा थलो रहयो नेपाल । तर आज संसारका लोकप्रिय शासन ब्यवस्था संसदीय प्रजातन्त्रमा गरिएको ऐतिहासिक संबिधान प्राप्त गर्दाको प्रादेशिक बिभाजनमा मध्य पश्चिमलाई टुक्राटुक्रापारी कतै प्रस्ताबित पूर्व र सुदुर पश्चिम कालिदा आमनागरिक जागिरहेका छन। हामि कसैका राजनैतिक स्वार्थका सिकार हुन चाहदैनौ बरु अनवरत संर्घष गर्न तयार छौ । कर्णाली उर्लेको छ । यस्तै भेरीको भेलले छाल हान्दैछ हामी डोटी जादैनौ । राणाकालिन प्रशासननीक केन्द्रमा याहाँबाट पाल्पा र डोटी जाने दुईबिटे चाँदिका तोका बोकेर राजस्व बुझाउन र ठुला मुद्दा फैसालाका लागि जाने लिखित गएर भन्दैछन दैलेखी ।
दैलेख राजनैतिक उर्बरक भूमि हो प्रजातन्त्रका लागि नेपाली काग्रेसको बझाङ्ग काण्डको लडाई होस चाहेनो वडाहाकिम वा अंचलधिस महेबुब शाह लखेटदाको होस वा जनयुद्धमा अन्यायका बिरुद्ध उर्लैका इलाल नारीहुन वा २०३६ को जनमत सग्रंह बहुदल सरायिन भुमीका होस वा २०४२ को सत्याग्रह एबं २०४६को आन्दौलन नै किन नहोस वा ०६२। ०६३ को आन्दोलन यि सबैमा दैलेखको हर्दयस्पर्सी का्रन्तिका गरिमा उच्च राखेको छ । यसर्थ यो प्रदेश अखण्ड मध्यपश्चिम नै हुन पर्दछ ।
अन्तत डोटी हामी जादैनौ ।
बरु भोटी (लुगा ) लाउँदैनौ ।










